भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अवैध धन्दामा प्रहरीले नै १० लाख लिएपछि…

अवैध धन्दामा प्रहरीले नै १० लाख लिएपछि…

२८ असार २०७७ काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा.राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलेको छ । बर्मालाई नेपाल प्रहरीका दुई जना अधिकारीले सघाएको पाइएको हो ।

अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा मावन बेचबिखन अनुसन्धान ब्यूरोले १२ जनालाई पक्राउ गरेको छ । जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समते परेका छन् ।
भिम प्रसाद खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाएका थिए ।

जमुनाराज भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनालसंग भेटेको र १० लाख रुपैयाँ लिएर विचौलिया भएर काम गरेको अनुसन्धानमा खुलेको छ । रहस्य त यो छ कि पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । त्यसै कारण उनले मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले त नक्कली कागजात तयार गर्ने काममा समेत सघाएको पाइएको छ ।

यसअघि पनि अवैध मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा प्रहरी नायब निरीक्षक थपलिया संलग्न भएको अभियोगमा पक्राउ परेपछि निलम्बित भएका थिए । उनलाई अहिले अदालतले साधारण तारेखमा छाडेको छ । डा. बर्माले भक्तपुरमा अवैध तरिकाले प्रत्यारोपण गर्न नसकिने भएपछि चितवनमा प्रत्यारोपण गर्न सघाएको देखिएको छ ।

मृगौला प्रत्यारोपण गर्दा पीडित र मिर्गौला दिने व्यक्तिको नाता प्रमाणित गर्नु आवश्यक पर्ने र त्यसका लागि बर्मासहितको समूहले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको खुलेको छ । नक्कली कागजात बनाउने कार्यमा सहयोग गर्ने ललितपुर–३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी, कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् । सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण गरिएको ब्यूरोको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.