भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अवैध धन्दामा प्रहरीले नै १० लाख लिएपछि…

अवैध धन्दामा प्रहरीले नै १० लाख लिएपछि…

२८ असार २०७७ काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा.राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलेको छ । बर्मालाई नेपाल प्रहरीका दुई जना अधिकारीले सघाएको पाइएको हो ।

अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा मावन बेचबिखन अनुसन्धान ब्यूरोले १२ जनालाई पक्राउ गरेको छ । जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समते परेका छन् ।
भिम प्रसाद खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाएका थिए ।

जमुनाराज भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनालसंग भेटेको र १० लाख रुपैयाँ लिएर विचौलिया भएर काम गरेको अनुसन्धानमा खुलेको छ । रहस्य त यो छ कि पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । त्यसै कारण उनले मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले त नक्कली कागजात तयार गर्ने काममा समेत सघाएको पाइएको छ ।

यसअघि पनि अवैध मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा प्रहरी नायब निरीक्षक थपलिया संलग्न भएको अभियोगमा पक्राउ परेपछि निलम्बित भएका थिए । उनलाई अहिले अदालतले साधारण तारेखमा छाडेको छ । डा. बर्माले भक्तपुरमा अवैध तरिकाले प्रत्यारोपण गर्न नसकिने भएपछि चितवनमा प्रत्यारोपण गर्न सघाएको देखिएको छ ।

मृगौला प्रत्यारोपण गर्दा पीडित र मिर्गौला दिने व्यक्तिको नाता प्रमाणित गर्नु आवश्यक पर्ने र त्यसका लागि बर्मासहितको समूहले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको खुलेको छ । नक्कली कागजात बनाउने कार्यमा सहयोग गर्ने ललितपुर–३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी, कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् । सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण गरिएको ब्यूरोको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.