भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

लागुऔषधमा प्रहरीलाई सफल्ता दुईजना ठाउँको ठाउँ पक्राउ

लागुऔषधमा प्रहरीलाई सफल्ता दुईजना ठाउँको ठाउँ पक्राउ

२९ असार २०७७ सिरहा । लागुऔषधसहित प्रहरीले सिरहाको दुई स्थानबाट दुईजनालाई ठाउँको ठाउँ पक्राउ गरेको छ
। सीमावर्ती बरियारपट्टि गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव र नवराजपुर गाउँपालिका ४ का रामपुकार शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

पैदल यात्रीलाई प्रहरीले चेकजाँच गर्दा यादवको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याब्लेट १८०० पीस र पेन्टाजोसाईन २८६ एम्पुल बरामद गरेको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद गरेको हो ।

शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताए ।

 


Thali Mobile Pvt.Ltd.