भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लागुऔषधमा प्रहरीलाई सफल्ता दुईजना ठाउँको ठाउँ पक्राउ

लागुऔषधमा प्रहरीलाई सफल्ता दुईजना ठाउँको ठाउँ पक्राउ

२९ असार २०७७ सिरहा । लागुऔषधसहित प्रहरीले सिरहाको दुई स्थानबाट दुईजनालाई ठाउँको ठाउँ पक्राउ गरेको छ
। सीमावर्ती बरियारपट्टि गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव र नवराजपुर गाउँपालिका ४ का रामपुकार शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

पैदल यात्रीलाई प्रहरीले चेकजाँच गर्दा यादवको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याब्लेट १८०० पीस र पेन्टाजोसाईन २८६ एम्पुल बरामद गरेको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद गरेको हो ।

शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताए ।

 


Thali Mobile Pvt.Ltd.