२८ असार २०७७ काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका मधुसुदन सापकोटाले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको ४० वर्षमाथि उमेर समूहअन्तर्गत पुम्से विधामा स्वर्ण जितेका हुन् । प्रतियोगितामा सहभागी प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५ देखि १७ वर्ष उमेर समूहमा रजत जितेका छन् ।
१०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य पदक हात पारेका छन् । एनटीएबाट जम्मा ८ खेलाडीले सहभागिता जनाएको र तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले बताए ।
प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडी सहभागि रहेको भन्दै जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेको बताए । प्रतियोगिता सोमबार सम्पन्न हुने उनको भनाइ छ ।
