भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

असल गुरु बन्न असल शिष्य बन्नुपर्छ : मेयर प्रजापति

असल गुरु बन्न असल शिष्य बन्नुपर्छ : मेयर प्रजापति

१८ असार २०७७  भक्तपुर । शिक्षिकाहरुको लागि दुईदिने प्राथमिक उपचारबारे तालिम सञ्चालनकाे उद्घाटन गर्दै भनपा मेयर सुनिल प्रजापतिले असल गुरु बन्न असल शिष्य बन्नुपर्ने बताए । प्राथमिक उपचार भनेको जीवनउपयोगी हुने हुँदा तालिमको व्यवहारिक प्रयोगको निम्ति जोड दिनुपर्नेमा उनकाे जाेड छ ।

नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा भएकाे कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम सफलताको कामना व्यक्त गरे । शिक्षालाई उच्च प्राथमिकतामा राख्दै सञ्चालित भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले अरु संस्थाको तुलनामा गुणस्तरीय र सस्तोमा शिक्षा प्रदान गर्नु पर्ने बताए । नगरपालिकाको हरेक गतिविधिहरुमा भक्तपुरबासीहरुको स्वतःस्फूर्त साथ र सहयोग रहँदै आएको बताउदै प्रमुख प्रजापतिले शिक्षिकाहरुमा समयअनुसारको प्राविधिक ज्ञानको खाँचो रहेकाे बताए ।

वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरुको स्तरोन्नति गर्दै बालबालिकाहरुलाई असल व्यवहार र भाषाहरु सिकाउन अभिप्रेरित गर्नुपर्ने बताए । त्यस्तै वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशु स्याहार केन्द्र बालबालिकाको सर्वाङ्गीन विकास गर्ने थलो भएको हुँदा अभिभावकलाई नजिक राखेर काम गर्नुपर्ने बताए । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका डा. बालकृष्ण चाँगुभारीले प्राथमिक उपचारबारे जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.