भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

असल गुरु बन्न असल शिष्य बन्नुपर्छ : मेयर प्रजापति

असल गुरु बन्न असल शिष्य बन्नुपर्छ : मेयर प्रजापति

१८ असार २०७७  भक्तपुर । शिक्षिकाहरुको लागि दुईदिने प्राथमिक उपचारबारे तालिम सञ्चालनकाे उद्घाटन गर्दै भनपा मेयर सुनिल प्रजापतिले असल गुरु बन्न असल शिष्य बन्नुपर्ने बताए । प्राथमिक उपचार भनेको जीवनउपयोगी हुने हुँदा तालिमको व्यवहारिक प्रयोगको निम्ति जोड दिनुपर्नेमा उनकाे जाेड छ ।

नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा भएकाे कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम सफलताको कामना व्यक्त गरे । शिक्षालाई उच्च प्राथमिकतामा राख्दै सञ्चालित भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले अरु संस्थाको तुलनामा गुणस्तरीय र सस्तोमा शिक्षा प्रदान गर्नु पर्ने बताए । नगरपालिकाको हरेक गतिविधिहरुमा भक्तपुरबासीहरुको स्वतःस्फूर्त साथ र सहयोग रहँदै आएको बताउदै प्रमुख प्रजापतिले शिक्षिकाहरुमा समयअनुसारको प्राविधिक ज्ञानको खाँचो रहेकाे बताए ।

वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरुको स्तरोन्नति गर्दै बालबालिकाहरुलाई असल व्यवहार र भाषाहरु सिकाउन अभिप्रेरित गर्नुपर्ने बताए । त्यस्तै वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशु स्याहार केन्द्र बालबालिकाको सर्वाङ्गीन विकास गर्ने थलो भएको हुँदा अभिभावकलाई नजिक राखेर काम गर्नुपर्ने बताए । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका डा. बालकृष्ण चाँगुभारीले प्राथमिक उपचारबारे जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.