समयमा काम नगर्ने अनि असारमा धमाधम विकास गरे जस्तो गरेर ब्रमलुटमा यतिबेला सरकारी नेकपा लागेको छ । नेपालमा यतिबेला असारे विकास धमाधम चलिरहेको छ । आर्थिक वर्ष समाप्तको अन्तिम असारको महिनामा रातदिन लगाएर काम सम्पन गरेको देखाउने अनि विल भरपाई मिलाएर पैशा निकासा गर्ने चलन नयाँ होईन ।
विगतकै निरंकुश सामान्ति व्यवस्थाको झल्को कथित लोकतान्त्रिक गणतन्त्रमा पनि त्यहि दोहोरिनुले जनता झन ससंकित भएका छन् । संघ, प्रदेश र स्थानीयतहका सरकारले असारे विकासलाई नै निरन्तरता दिएर बजेट झवाम पार्ने काम गरिरहेका छन् । गाउँ होस या शहर जहाँतहीँ यतिबेला सडक, शिक्षा, सिचाई, खानेपानी र अन्य विकाश निर्माणका काम शुरु गरिएको छ । विकास निर्माणका नाममा राज्यको स्रोत साधनमाथि लुट मचाउने काम जनताले नजिकबाट हेरिरहेका छन् ।
केपी ओली नेतृत्वको सामाजिक दलाल सरकारले प्रधानमन्त्री, मुख्य मन्त्री रोजगार कार्यक्रमका नाममा आफ्ना नातागोता, आसेपासे र पार्टीका नेता कार्यकर्तालाई रोजगारी दिने काम गरेको छ । जसका कारण श्रमिक जनताहरु वेरोजगार बस्नु पर्ने अवस्था छ । यो सामाजिक दलाल सरकारले दलाल पुँजीपती वर्गलाई झन झन धनी बनाउने र जनतालाई झन झन गरिब बनाउने बजेट ल्याएको छ । चालु आर्थिक बर्ष २०७६ र ०७७ को योजनामा कोरोना ब्यवस्थापन र राहतको नाममा करौडौ भ्रस्टाचार गरेको छ ।
राज्यको ढुकुटीमा मुठीभर दलालहरुले रजाई गरिरहेको र ढुकुटी रित्याउने काम गरेका छन् । वडा तह देखि प्रदेश हुदै केन्द्र सम्मका सम्पुर्ण योजनामा आफना नजिकका ठेकेदारलाई काम दिने र कमिसन कुम्ल्याउने खेल भईरहेको छ । स्थानीय तहमा पनि कथित जनप्रतिनिधिहरुले सम्पुर्ण योजनाका उपभोक्ता समितिमा आफ्नै पार्टी, नातागोता र दलाललाई सेटिङ गरेर आर्थिक लाभ लिएका कयौं तथ्यहरु जनतासंग छन् । यतिमात्र कहाँ हो र असारे विकासको नाममा गाउँगाँउमा डोजर आतंक जनप्रतिनिधिले नै गरिरहेका छन् । डोजर आतंकले विकास होइन विनाश निम्त्याएको छ ।
जथाभावी खनिएका सडकका कारण वनजंगल, उब्जाउ भूमि, खेतबारीसंगै पहिरोले ठूलो जनधनको क्षेती भएको छ भने कैयौं ठाँउमा क्षेती व्यहोर्नु पर्ने अवस्था सृजना गरिरहेको छ । डोजरको प्रयोगले स्थानीय जनताहरुको रोजगारी संगै खाने गाँस र बाससमेत खोसिएको छ । जनप्रतिनिधि कमिसनको लोभमा डोजरको प्रयोगमै जोड दिइरहेका छन् । असारको महिना किसानहरु खेतबारीमा सक्रिय भएको मौका छोपी विकासमा विनास निम्त्याइरहेका छन् ।
किसानलाई अर्को मर्का
खेतवारीमा अमेरिकन फौजी किरा नामको सलह किराले क्षति पु¥याउदा किसान झन समस्यामा परेका छन् । अबिरल वर्षाका कारण बाढी, पहिरोले मानवीय र भौतिक क्षति वढीरहेको छ भने कोरोना भाइरसका कारण मानिसहरु रोजगार विहिन हुनुको पीडा त छदै छ अझ पीसीआर परिक्षणमा सरकारले लापरवाही गरिदिदा झन दुःख छ । किसान मजदुर यसरी एकपछि अर्को विपत्तीसँग लडिरहेका बेला बालीनाली सखाप पार्ने सलहका कारण झन पीडामा परेका छन् ।
यता राज्यमा दलालहरु र भ्रष्ट राजनीतिक पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि, ठेकेदार र उपभोक्ता समितिका अध्यक्षहरु सदरमुकाम र राजधनी केन्द्रित भएर असारे सम्पन प्रतिवेदन र बिल भरपाई मिलानमै बेस्त भएका छन् । दलाल सरकारले समाजवाद उन्मुख बजेट ल्याएको घोषणा गरे पनि दलाल पुँजिपति वर्ग, पार्टी, नातागोता र आसेपासेलाई पोष्नमै बेस्त छ । असारे विकास र सरकारका गतिबिधि के कसरी वितिरहेका छन् घाम झै छर्लङ भएको छ । राज्य कोषको दुरुपयोग गरेर दलाल सरकारका मान्छेहरु मोज गरिरहेका छन् भने जनता सेवा सुविधाको कुरा त परै जावस बाढी र पहिरोले पु¥याएको क्षेतीमा मलम नपाएर छट्पटाई रहेका छन् ।
अत जनता ओली नेतृत्वको सामाजिक दलाल सरकारबाट दुःखी भएका छन् । विकासको नाममा बिनाश र समृदीको नाममा देशलाई कंगाल बनाउने गतिविधि कथित दुई तिहाईको सरकारी नेकपा सरकारले गरिरहेको छ । कोरोना माहामारी, भ्रष्टाचार, भोकमरी, बाढी पहिरो, कालोबजारी, महङी र सलह किराले बालीनालीमा पु¥याएको क्षतिका कारण जनता उकुसमुकुस र पीडित भएका छन् । कथित सरकारी नेकपाका नेताहरु भने पद र कुर्सीकै लडाईमा केन्द्रित छन् । झगडा विचार, सिद्धान्त र कार्यदिशाको बारेमा नभई गुट उपगुट र पदीय भागबन्डामा गरिरहेका छन् ।
यसरी सरकारी नेकपाको नेतृत्व पद । पैसाको लडाईमा र स्थानीय नेतृत्व असारे विकासे बजेट झ्वाम पार्न र कमिशन असुलीमा व्यस्त छ । जनता भने रोग, भोक र गरीबीबाट मुक्त हुन सकेका छैनन् । जनताको जीवन धान्नकै समस्या छ । समस्या झन झन् बिकराल बन्दै गईरहेका छन् । यता सरकारी नेकपाका गतिविधिका कारण भ्रष्टाचार, कालोबजारी, महङी, बलात्कार, हत्या र आत्महत्याका घटनाहरु घटिरहेका छन् । सामाजिक दलाल सरकार कोरोना नियन्त्रण, भ्रस्टाचार र बेरोजगारी लगायतमा व्यस्त रहेकाले जनताका समस्या समाधान गर्न पुर्ण असफल भएको छ ।
सरकारका यस्ता जनविरोधी गतिविधिबाट श्रमजीवी वर्गको पक्षमा काम गर्न नसक्ने कुराको पुष्टी हुन्छ । जनता यो सरकारबाट समस्याको हल हुन्छ भन्नेमा विश्वस्त छैनन् । स्वाधिन नेपाल र स्वाभीमानी नेपालीका लागि वैैज्ञानिक समाजवाद आवश्यक छ । अत नेपाली जनताको सम्पुर्ण समस्याको समाधान समाजवादले मात्र हल गर्न सक्छ । समाजवादी व्यवस्थाका लागि एकिकृत जनक्रान्तिको यात्रामा लाग्नुको विकल्प छैन, यहि बाटोमा अघि बढौं ।
३० असार २०७७, कलम सिह विश्वकर्मा दैलेख
