भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

असोज ६ र ७ गते दुई वटा विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि कक्षा १२ को पुरक परीक्षा लिइने

असोज ६ र ७ गते दुई वटा विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि कक्षा १२ को पुरक परीक्षा लिइने

काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार नतिजा सार्वजनिक गरेको बोर्डले बुधबार अर्को सूचना जारी गरेको हो । बोर्डले बुधबार सूचना जारी गर्दै असोर ६ र ७ गते पूरक परीक्षा लिइने उल्लेख गरेको छ ।

पुरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले आमगी भदौ २२ भित्र राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाउनु पर्नेछ । सो अवधिभित्र दस्तुर बुझाउन नसक्नेहरुले भदौ ३१ गते भित्र दोब्बर अर्थात १ हजार २ सय रूपैयाँ जम्मा गरी भौचरसहित आवेदन बझाउनु पर्ने जारी सूचनामा उल्लेख छ ।

कक्षा १२ को मंगलबार प्रकाशित नतिजा अनुसार १ लाख ८९ हजार ७ सय ११ जना विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य छन् । यस्तै, ५९ हजार ६ सय २६ जना विद्यार्थीहरुले ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउने छन् तर, १ लाख ८२ हजार ९ सय २६ जना विद्यार्थीहरु अनुतीर्ण भएका छन् ।

उक्त परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भर्न भनिएको छ । दुई वटा विषयमा अनुत्तिर्ण विद्यार्थीहरु उक्त परीक्षामा सहभागी हुन पाउने छन् । पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी वा एक मात्र विषयमा अनुत्तीर्णहरुको परीक्षा लिइने छ । दोस्रो दिन असोज ७ गते दोस्रो अनुत्तीर्ण विषयको परीक्षा लिइने छ ।

 


Thali Mobile Pvt.Ltd.