भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अस्पतालको भर्‍याङमुनि बेबारिसे नवजात शिशु

अस्पतालको भर्‍याङमुनि बेबारिसे नवजात शिशु

चितवन । भरतपुर अस्पतालको भर्‍याङमुनि कपडामा बेरिएको एक नवजात शिशुले हात चलाइरहेको अवस्थामा भेटियो। चिसो भूइँमा राखिएको शिशु देख्दा हत्तपत्त प्रहरीलाई खबर गरियो ।

जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको प्रहरीले पत्ता लगायो । दैनिक ३५ देखि ४० जना महिला सुत्केरी हुने अस्पतालभित्र कसले छाड्यो ?

अस्पताल भित्र सुत्केरी गराएका आमाहरुको तथ्यांक अहिले अस्पतालले हेरिरहेको सूचना अधिकारीले बताए । शिशुलाई कसले छोडेको भन्ने खुल्न नसकेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

नवजात शिशुलाई अस्पतालको एनआईसीयू कक्षमा राखिएको छ । अस्पतालको एनआईसीयू इन्चार्ज डा.ओमकृष्ण पाठकले शिशुमा केही संक्रमण देखिएकोले परीक्षणका लागि पठाइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.