भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

अस्पतालमा अक्सिजन सिलिन्डर अभाव, भारतले आपूर्ति रोक्यो

अस्पतालमा अक्सिजन सिलिन्डर अभाव, भारतले आपूर्ति रोक्यो

काठमाण्डौ । देशभित्रकै उत्पादित अक्सिजन काफी रहेको सरकारले दाबी गरेको छ । अक्सिजन अभावले भारतमा धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सिजन उत्पादक उद्योगीहरुसँग नियमित सम्पर्क भइरहेको प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको भन्दै अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्नु पर्ने गौतमले बताए ।

सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतामा सिलिन्डरको अभाव हुने चिकित्सकले बताएका छन् । सिलिन्डरको अभाव भएको तर दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घले जनाएको छ ।

तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सरकारलाई सुझाव दिदै खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको महासचिव नारायणदत्त तिमल्सिनाले बताए् । नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.