अस्वस्थ रहेको भन्दै इन्द्रजित राईद्वारा बयान दिन इन्कार

अस्वस्थ रहेको भन्दै इन्द्रजित राईद्वारा बयान दिन इन्कार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी इन्द्रजित राईले ‘स्वास्थ्य ठीक’ नभएको बयान दिन इन्कार गरेका छन् । आरोपी राईले जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान दिन आफूले बयान दिँदा मुख्य विषयमा अलमल परिन्छ भनेर घुमाउरो पाराले इन्कार गरेको निकटस्थ स्रोतको भनाई छ ।

स्रोतकानुसार राई अहिले अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि बयान दिनेछन् । यसअघि शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान न्यायाधीशसमक्ष लिइएको थियो । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जना पक्राउ परेका छन् । जसअनुसार बहालवाला सचिव टेकनारायण पाण्डे, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत उच्च पदस्थहरू पक्राउ परेका छन् ।

यस प्रकरणमा मुछिएकाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा कुल ३० जनालाई प्रतिवादी बनाइ मुद्दा दायर भएको छ। मुद्दामा १३ जना अझै फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.