भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अहिले राम्रो नेता नचुने जनताले दुःख र अभाव झेल्नु पर्ने छः अध्यक्ष लिङ्देन

अहिले राम्रो नेता नचुने जनताले दुःख र अभाव झेल्नु पर्ने छः अध्यक्ष लिङ्देन

काठमाडाैं । ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गरेर मात्र मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।

एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने भएकाले भोलिका लागि सोचेर भोट हाल्न उनले आग्रह गरेका हुन । उनले भने, ‘भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर पेट्रोल, फुल ट्याङ्की तेलमा दिने हैन, यो त तपाईंको भाग्य र भविष्य निर्माण गर्ने सुअवसर हो ।

त्यसकारण हजार पटक विचार गरेर भोट दिऔं ।’ निर्वाचनबाट योग्य मानिस चुन्दा बिहारमा जस्तै परिवर्तन आउन सक्ने उनले बताए । अध्यक्ष लिङ्देनले भने, ‘जबसम्म तपाईंले राम्रो नेता चुन्नुहुन्न, राम्रो पार्टी चुन्नुहुन्न, राजनीतिमा राम्रो मान्छेहरुलाई सहयोग गर्नुहुन्न, तबसम्म तपाईले बेरोजगारी, गरिबी, दुःख, अभावबाट उनमुक्ति पाउनु हुन्न ।’

स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको ठाउँलाई नमुना बनाएर देखाउने प्रतिबद्धता गर्दै लिङ्देनले पार्टीको तर्फबाट प्रतिवद्धता जनाए ।

 


Thali Mobile Pvt.Ltd.