भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

खोटाङ, । खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ । झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने–पुयाउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो । झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्न–गराउन तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष इन्द्र कसजुले बताए ।

“गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो”, उहाँले भन्नुभयो, “बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्न धामी झाँक्रीलाई तालिम दिएका हौँ ।” दिक्तेलस्थित आँखा उचार केन्द्रमा आयोजना गरिएको सो तालिममा २८ तथा हलेसीमा ३५ धामी झाँक्री सहभागी थिए । आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सो तालिमको सहजीकरण गर्नुभएको थियो ।

कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतासम्म ल्याउन धामी झाँक्रीको सहयोग आवश्यक छ । जिल्लाका दश स्थानीय तहमा ४४ हजारभन्दा बढी आँखाका बिरामी रहेको सङ्घले जनाएको छ । तथ्याङ्कअनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाबिन्दु, जलबिन्दु, खस्रेरोग, भिटामिन ए को कमी, रतन्धोलगायत समस्या उनीहरुमा देखिएको छ । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख ६ हजार ३१२ छ ।

 


Thali Mobile Pvt.Ltd.