भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

आँधीमा परेर ७० जनाको मृत्यु, अहिले आपतकाल घोषणा

आँधीमा परेर ७० जनाको मृत्यु, अहिले आपतकाल घोषणा

अमेरिका । केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

केन्टकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको सञ्चारमाध्यमले जनाएका छन् । आँधीले दर्जनौ भवनमा क्षति पुर्‍याएको छ ।

रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टकीको आँधी इतिहासमै ठूलो भएको राष्ट्रपति बाइडेनले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.