काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौंको गौशाला चोकमा सर्वसाधारणलाई मास्क बाँडेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा थापाले गौशाला स्थित प्रहरीले संचालन गरेको यात्रु सहायता कक्षमा पुगेर मास्क बाँडेका हुन् ।
नेपाल प्रहरीले असोज २० मा प्रहरी दिवस मनाउँदै छ । सोही दिवसकाे अवसरमा प्रहरीले विविध कार्यक्रम गरिरहेको जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पालले सुन्धारामा मास्क वितरण गरेका छन् भने कलंकीमा, प्रद्युम्न कुमार कार्कीले सातदोबाटो, सहकुल बहादुर थापाले कोटेश्वर र निरज शाहीले माछापोखरी चोकमा मास्क वितरण गरेका हुन् ।




