भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको नरैनापुर गाउँपालिका–४ खोदवामा भएको भीषण आगलागीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी शनिबार लागेको आगलागीका कारण पिछडिएको गाउँपालिकाका रूपमा सूचीकृत नरैनापुरमा न्यूनतम ११५ घरधुरी जलेर नष्ट भएको भन्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सो गाउँपालिकाका विभिन्न वडामा विगत एक महिनामा ठूलाठूला आगलागीका घटना भएका छन् । आगलागीबाट पीडितको तत्काल उद्धार, राहत र पुनर्वास तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि अध्यक्ष दाहालले सरकारसँग विशेष आग्रह गर्नुभएको छ । घनाबस्ती तथा फुसका छाना भएका असुरक्षित आवासका कारण त्यहाँका बस्तीमा बर्सेनि आगलागीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सो बस्तीलाई सुरक्षित गर्ने दीर्घकालीन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी रहेको बताउनुभएको छ । अध्यक्ष दाहालले तीनवटै तहका सरकारले तात्कालिक र दीर्घकालीन योजनासहित आगलागी र डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.