बर्दिया । बाघको आक्रमणबाट एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय गैंडा गणनामा खटिएका पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । राति आठ बजे उनको शव फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।
चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले बताए । उनलाई आक्रमण गरेको आशंकामा एउटा वयस्क बाघलाई नियन्त्रणमा लिइएको छ ।
