आगोले जलेका झक्कलाई विदेशमा रहेका नेपालीले जुटाइ दिए ९० हजार सहयाेग

आगोले जलेका झक्कलाई विदेशमा रहेका नेपालीले जुटाइ दिए ९० हजार सहयाेग

रक्तिम दैलेखी, काठमाडौं । छातीको भाग पुरै जलेर स्वासप्रस्वासमा समस्या देखिएर थला परेका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ७ का झक्क विकलाई वैदेशिक रोजगारीमा रहेका नेपालीले ९० हजार २ सय ३४ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । विभिन्न देशमा कर्मथलो बनाएका सहयोगी मनहरुले सहयोग संकलन गरेर उक्त रकम कैलाश खबर मार्फत हस्तान्तरण गरिएको छ ।

विभिन्न देशमा रहेका सहयोगी नेपालीको अग्रसरतामा संकलन गरेर पठाईएको रकम बुधवार हस्तान्त्रण गरिएको हो । यसैबीच दैलेख समाज दक्षिण कोरियाले झक्क विकको उपचारार्थ रु ५० हजार आर्थिक सहयोग गरेको हो । त्यसैगरी कुवेत फलोर मिल्स एण्ड ब्यकरी कम्पनी शाखा सुभानमा कार्यरत दिल शिर्पालीलगायतका नेपालीहरूले १२ हजार ८ सय ७९ रुपैयाँ सहयोग पठाएका हुन ।

सहयोग रकम
दैलेख समाज दक्षिण कोरियाबाट रु. ५०,०००।
भारत मुम्बै पशुपतिनाथ सहकारी समूहबाट रु. १६,०००।
दुल्लु नगरापालिकाका कृष्टीना भण्डारीबाट रु. ५,५५५।
चामुण्डा विन्द्रासैनि नगरपालिका तारा शाहीबाट रु. ५०००।
चामुण्डा विन्द्रासैनी नगरपालिका जगत सिंहबाट रु ८००।

कुवेतका सहयोगी नेपालीबाट…
नेपालमा जतिगरे पनि परीवारको खर्च धान्न समस्या भएपछि कुवेतलाई कर्मथलो बनाएका कुवेत फलोर मिल्स एण्ड ब्यकरी कम्पनी शाखा सुभानमा कार्यरत दिल शिर्पालीलगायतका नेपालीहरूले विकलाई रु. १२ हजार ८ सय ७९ रुपैँया सहयोग पठाएका हुन । जटिल प्रकृतिका र समाजमा लुकेर रहेका समस्यालाइ उजागर गर्दै आम मानिसका अगाडि ल्याएर समाजलाई जागरूक बनाउने कैलाश खबर डटकमलाई विशेष धन्यवाद दिदै उनीहरुले सहयोग रकम पठाएको बताएका छन् ।

सहयोग रकम
१. दिल शिर्पाली (दाङ) रू १९८८.५९५ (५.२५०केडी)
२. दलसिंह चौधरी (चितवन) रू १८९३.९  (५ केडी)
३. पंकज पौडेल (रूपन्देही) रू १८९३.९  (५ केडी)
४. बिरवल तामाङ(खोटाङ) रू ९४६.९५  (२.५ केडी)
५. विष्णु केसी (दाङ) रू ७५७.छट  (२ केडी)
६. सरोज एसएन अधिकारी (कपिलवस्तु) रू ७५७.छट  (२ केडी)
७. गोपाल केएम (दाङ) रू ७५७.छट  (२ केडी)
८. विविन अव्राहम (केरला) रू ४७३.४७५ (१.२५० केडी)
९. राजमोहना चौधरी (कैलाली) रू ५६८.१७  (१.५ केडी)
१०. बाबुराम गैरे (अर्घाखाची) रू ३७८.७८  (१ केडी)
११. राम प्रसाद खनाल (अर्घाखाची) रू ३७८.७८  (१ केडी)
१२. कमानसिंह रोल्पाली रू ३७८.७८  (१ केडी)
१३. कुमार थापा (कास्की) रू ३७८.७८  (१ केडी)
१४ हिरा लामा (सिन्धुली) रू ३७८.७८  (१ केडी)
१५. सुसान्त शेर्पा ( ओखलढुंगा) रू ३७८.७८  (१ केडी)
१६. माधव थापा (सिन्धुपाल्चोक) रू ३७८.७८  (१ केडी)
१७. हर्क विष्ट (दार्चुला) रू ३७८.७८  (१ केडी)
१८. राम प्रसाद (कपिल्वस्तु) रू १८९.३९  (.५ केडी)

विदेशी भूमीमा श्रम गरेर पसिनाको एक रूपया सहयोग गर्न पाउदा निकै खुसी भएको उनीहरूले बताएका छन् । यता यसरी पसिनाको एक थोपा सहयोग गरेपनि छोराको जीवन बचाइ दिएकोमा लाखौं सहयोग गरेको अनुभुति गरिरहेको भन्दै पीडित बालकका बुवाले अन्तर हृदय देखि धन्यवाद व्यक्त गरेका छन् । पीडामा परेका साथीहरूको सहयोग गर्नु मानवीय धर्म भएको सहयोगीले बताएका छन् ।

दैलेखी समाज दक्षिण कोरियाले ठाँटीकाध गाउँपालिका ४ गैरेगाउँका वाढी पहिरो पीडित परिवारलाई १ लाख सहयोग गर्नुका साथै कोरोना कहरमा भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको समाजका अध्यक्ष राकेश चौलागाईले बताए । समस्या समाधान गर्नमा थोरै भएपनि सहयोग पुग्नेमा आशावादी भएको महासचिव आत्मापुरुष आचार्यले बताए ।

यता कुवेतमा रहेर दुःख गर्दै आएका दिल श्रीपाइलीसहित टिमले दाङकी मृगौला पीडित महिमा चौधरीलाई २० हजार, कालिकोटका मृगौला पीडित रसिम विकलाई १६ हजार ४ सय ४१ सहयोगरेको थियो ।

पीडित परिवारका तर्फबाट
आफु र आफ्नो परिवारका लागि पसिना बगाएर कमाएको रकमबाट सहयोग गर्नु हुने महान मन भएका दाजुभाईलाई अन्तरहृदय देखि धन्यबाद दिदै विरामीका बुवा जीतबहादुर विकले आगामी दिनमा पनि सहयोग अपेक्षा गरेका छन् । छोरा झक्क विकको जीवन बचाउनका लागि संयोजनकारी भूमिका निर्वाह गरिदिने कैलाश खवर डटकम परिवार प्रति आभार व्यक्त गरे ।

पीडित बालकले आफुलाई अप्ठेरो हुदै गएको, पेट, घाटी, छाती बेसरी दुख्न थालेकोले समस्यामा मलहम पट्टी लगाइदिने सबैलाई धन्यवाद दिए । आगामी दिनमा पनि सहयोग गरिदिन अपिल गर्दै उनले सहयोग जुटाउनेलाइ बधाइ दिए । विभिन्न देशमा रहेर पठाएको सहयोग रकम ९० हजार २ सय ३४ बुधबार कैलाश खबर डकमका प्रबन्ध निर्देशक तथा सरोकार टेलिभिनका कार्यक्रम संयोजक विनोद विश्वकर्माले पीडित झक्क विकको परिवारलाई हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तर गर्दै निर्देशक विश्वकर्माले आगोमा जलेर पिडा भोगिरहेका झक्क विकको जीवन रक्षा गर्न सहयोग गर्ने सम्पूर्ण देश तथा विदेशमा रहेका सहयोगी हातलाई विशेष धन्यवाद दिए । आफ्नो पीडा भूलेर अरुको पीडामा मलम लगाउने सवैलाई कैलाश खबर परिवारका तर्फबाट धन्यवाद भन्दै जो जहाँ रहेपनि नेपालीपन झल्काउन अनुरोध गरे ।

याे पनि हेर्नुहाेस्…

सहयाेगकाे अपेक्षा : धेरै पढ्छु भन्थ्यो, अहिले यस्तो अवस्थामा पुग्यो, झक्कका बुबा

कैलाश खबर समाचार प्रभाव: झक्क विकको उपचारमा सहयोगीहातहरु जुट्दै

 


Thali Mobile Pvt.Ltd.