काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता माथि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
बैठकमा आज देखि २७ गतेसम्म प्रि–बजेट माथि छलफल हुने संसद सचिवालयले जनाएको छ । बेलुका ५ बजेसम्म बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २४ गतेनै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि(बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
