भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको जहाज अफ्रिकाको मालीमा अलपत्र

शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको जहाज अफ्रिकाको मालीमा अलपत्र

काठमाडौं । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन न्यारोबडी जहाज अफ्रिकाको मालीमा अलपत्र परेको छ ।

काठमाडौंबाट गत बुधबार युद्धग्रस्त पश्चिम अफ्रिकाको माली उडेको जहाज पन्चर भएको एउटा पांग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा अड्किएको हो । अहिले तिहार मनाउने सपना साँचेर फर्किन लागेका ७५ सैनिक झोलीतुम्बा कसेर उडान कुरिरहेका छन् ।

चालक दलसहित २० कर्मचारी सैनिक ब्यारेकमा बसिरहेको बताइएको छ । निगमको लापरबाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् । जहाज अड्किँदा दैनिक करोडौं घाटा भइरहेको निगमले जनाएको छ ।

एउटा जगेडा पांग्राबिनै जहाज माली उडाइएको थियो । शनिबार काठमाडौंबाट कार्गो गरेर दुइटा पांग्रासहित ६ सय किलोग्राम स्पेयरपार्ट्स दिल्ली हुँदै पठाइएको छ । तर, ती सामग्री कहिले माली पुग्छन् भन्ने यकिन जवाफ अधिकारीसँग छैन ।

द्वन्द्वग्रस्त मालीको गाओ अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान अत्यधिक न्यून हुन्छ । त्यहाँबाट संयुक्त राष्ट्रसंघका चार्टरलगायत उद्धार र सहायतासम्बन्धी उडान धेरै हुन्छन् ।

निगमको विमान लिएर पाइलट नरबहादुर विश्वकर्मा, मुकेश गुप्ता, कोपाइलट राकेश काफ्ले र मोनिसविक्रम शाह, ६ परिचारिका र ४ परिचारकसहित चालक दलका १४ जना, दुई इन्जिनियर, एक डिस्प्याचर र मार्केटिङ विभागका एक कर्मचारी माली पुगेका हुन् ।

उनीहरू २० जना नै मालीको राजधानी बामाकोदेखि ११ सय किलोमिटर पर शान्ति सेनाको आश्रय लिएर बसेका छन् ।

 


Thali Mobile Pvt.Ltd.