भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल र अमेरिका भिड्दै

नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल अमेरिकासँग भिड्दै छ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा भिड्न लागेको हो । पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ ।

अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरुने छ । नेपाल जस्तै अमेरिकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा छ । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ । पहिलो खेलमा बलर नचल्दा जिम्बावेसँग आठ विकेटले पराजित नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।

 


Thali Mobile Pvt.Ltd.