काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल अमेरिकासँग भिड्दै छ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा भिड्न लागेको हो । पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ ।
अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरुने छ । नेपाल जस्तै अमेरिकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा छ । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ । पहिलो खेलमा बलर नचल्दा जिम्बावेसँग आठ विकेटले पराजित नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।
