भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

आज बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

आज बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रति विद्यादेवी भण्डारी बङ्गला देश जाँदैछन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि आज त्यसतर्फ जान लागेकी हुन् ।

वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्टपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम तय भएको छ राष्ट्रपति कार्यालये जानकारी दिएको छ ।

दुई दिने भ्रमणमा नेपाल र बंगलादेशबीच रहेको पारवहन संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने कार्यालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रममा बंगलादेश सम्बन्धको बारेमा भण्डारीले प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि तय गरिएको छ भने भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.