भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने

आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने

काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने भएको छ । सरकारले दिएको निर्देशन अनुसार निमगले सूचना प्रकाशन गर्दै मूल्यवृद्धि आजैदेखि लागू हुने गरी फिर्ता गरेको उल्लेख गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितलाई ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ६ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २१५ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.