भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने : मोहोमद मुइजी

छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने : मोहोमद मुइजी

एजेन्सी । मोहोमद मुइजी माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका छन् । मुइजी दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपति पदमा निर्वाचित भएपछी देशबासीको नाममा सम्बोधन गर्दै नव नियुक्त राष्ट्रपति मुइजुले जनताले देखाएको देशभक्ति प्रतिको श्रद्धाका लागि धन्यबाद दिंदै छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने बताएका छन् । राष्ट्रपतिमा मुइजुको जितलाई माल्दिभ्समा निकै चासोका साथ हेरिएको छ ।

चिनसँग निकट मानिएका मुइजुको जितले हिन्द महासागरको टापु मुलुक माल्दिभ्सलाई पनि चिनतर्फ ढल्काउने अनुमान गरिएको छ । यसअघिका राष्ट्रपति मोलिह भने भारतसँग निकट थिए । मुइजुले आफ्नो चुनावी अभियानमै ‘इन्डीया आउट’ भन्दै आफ्नो मुलुकमा भारतको प्रभाव निर्मुल पार्ने घोषणा गरेका थिए ।

२ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछी राष्ट्रपति पदका लागि चाहिने मत कुनै उम्मेदवारले हासिल गर्न नसकेपछी दोश्रो चरणको मतदान भएको हो ।

 


Thali Mobile Pvt.Ltd.