भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने : मोहोमद मुइजी

छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने : मोहोमद मुइजी

एजेन्सी । मोहोमद मुइजी माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका छन् । मुइजी दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपति पदमा निर्वाचित भएपछी देशबासीको नाममा सम्बोधन गर्दै नव नियुक्त राष्ट्रपति मुइजुले जनताले देखाएको देशभक्ति प्रतिको श्रद्धाका लागि धन्यबाद दिंदै छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने बताएका छन् । राष्ट्रपतिमा मुइजुको जितलाई माल्दिभ्समा निकै चासोका साथ हेरिएको छ ।

चिनसँग निकट मानिएका मुइजुको जितले हिन्द महासागरको टापु मुलुक माल्दिभ्सलाई पनि चिनतर्फ ढल्काउने अनुमान गरिएको छ । यसअघिका राष्ट्रपति मोलिह भने भारतसँग निकट थिए । मुइजुले आफ्नो चुनावी अभियानमै ‘इन्डीया आउट’ भन्दै आफ्नो मुलुकमा भारतको प्रभाव निर्मुल पार्ने घोषणा गरेका थिए ।

२ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछी राष्ट्रपति पदका लागि चाहिने मत कुनै उम्मेदवारले हासिल गर्न नसकेपछी दोश्रो चरणको मतदान भएको हो ।

 


Thali Mobile Pvt.Ltd.