भर्खरै : Sorry, your browser does not support inline SVG.

आज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षा

आज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फाल्गुन १५
दिउँसो देशका पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १६ गते
प्रदेश १ का पहाडी भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली र बाँकी भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.