भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पत्रकार हत्याको अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

पत्रकार हत्याको अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

काठमाण्डौ । पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्टलाई साउदी सरकारले अस्वीकार गरेको छ । पत्रकार खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको आदेशमा भएको अमेरिकी गुप्तचरको निष्कर्ष थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गरेलगत्तै साउदी सरकारले युवराजको अपमान गर्ने उदेश्यले रिपोर्ट सार्वजनिक गरेको हुदा स्वीकार गर्न नसकिने बताएको हो । अमेरिकी गुप्तचर निकायले नक्कली रिपोर्ट तयार पारेर सार्वजनिक गरेको भन्दै साउदी सरकारले खण्डन गरेको हो ।

अमेरिका र साउदी अरबबीच झण्डै ८ दशक वर्षदेखिको मजबुत सम्बन्ध रहेको थियो भन्दै यस रिपोर्टले साउदी अरबको स्वतन्त्र न्यायिक व्यवस्थामा असर पर्ने भएकाले खारेज गरेका बताएको छ । व्यक्तिगत कागजात लिन दूतावास गएका पत्रकार खशोग्जीको सन् १०१८ को अक्टोबर २० मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो । हत्या प्रकरणमा साउदीको एक अदालते पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.