भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

आज ४ बजे प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण,मन्त्रिमण्डल समेत घोषणा हुने

आज ४ बजे प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण,मन्त्रिमण्डल समेत घोषणा हुने

काठमाडौं । आइतबार नियुक्त नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण अपरान्ह ४ बजे हुने भएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रम अपरान्ह ४ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् ।

कांग्रेससँग सत्ता साझेदार नेकपा माओवादी केन्द्रको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको केही नेताहरुले प्रतिक्रिया दिएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेकाले अन्यको भागवण्डाका विषयमा विस्तृत छलफल गरीने भएकाले सानो मन्त्रिमण्डल समेत तय गरिने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.