भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क |

आठबीस नगरपालिकाले ल्यायो ४९ करोड ७५ लाखको बजेट, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यता संरक्षणमा जोड

आठबीस नगरपालिकाले ल्यायो ४९ करोड ७५ लाखको बजेट, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यता संरक्षणमा जोड

दैलेख । आठबीस नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ क लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आइतबार नीति तथा कार्यक्रम ल्याएको हो ।

सार्वजनिक नीति तथा कार्यक्रममा विद्युतिकरण, फोहोर व्यवस्थापन, साना तथा लघु जलविद्युत आयोजना र सौर्य विद्युतिकरणमा जोड, ९ वटै वडाहरुमा हेलिप्याड, सडक स्तर उन्नति, बसपार्क निर्माण, खानेपानी, सिचाई, नगरपालिकाको प्रशासकीय भवन निर्माणलगायतमा जोड दिएको छ । निर्माण सम्पन्न योजनाको मर्मत सम्भारका लागि कोष स्थापना जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै युवाहरूका लागि सिप र श्रमका साथ रोजगारी सृजन गर्ने, कृषि तथा पशुपालनमा व्यावसायिक बनाउने, स्वास्थ्य सेवाको गुणस्तरमा जोड, हरियाली नगरका रुपमा अभियान संचालन गर्ने कार्यक्रममा प्रस्तुत गरिएको छ ।

पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यता संरक्षणमा जोड
आठबीस नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यता संरक्षणलाई जोड दिइएको छ । नगरका प्रमुख पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र सम्वद्धनमा जोड दिइएको उप प्रमुख कल्पना थापाले बताइन् । महिलालाई आर्थिक आयआर्जन र सीपसंग जोड्न महिला तथा बालबालिकासँग उप–प्रमुख कार्यक्रम पनि समेटिएको थापाले बताइन् । उत्पादन, आयआर्जन र सीपसँग जोडेर लगे मात्र महिलाको उत्थान हुने उनको भनाइ छ ।

   शिक्षा तर्फ
एसइई परीक्षामा प्रथम श्रेणीमा उत्तिण हुने एक जना दलित तथा एक जना गैर दलित विद्यार्थीलाई एक एक लाख प्रोत्साहन स्वरूप प्रति विद्यालयमा पचास हजार उपलब्ध गरिने छ । दिवा खाजा, सेनिटरी प्याड, छात्रवृत्ति लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ।

नगर उपप्रमुख कल्पना थापाले प्रस्तुत गरेको बजेटमा के छ त ?
नगर सभामा नगर उपप्रमुख कल्पना थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उद्यम पेसालाई आधुनिक र उत्पादनमुखी बनाउने विषयमा जोड दिइएको छ । प्रत्येक वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था मिलाउने, महिला कार्यक्रम सञ्चालन गर्ने, कृषि खेतीमा जोड दिइएको छ ।

नगरपालिकाले ४९ करोड ७५ लाख को बजेट विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख ७५ हजार, सामाजिक विकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार, पूर्वाधार क्षेत्रमा ९ करोड ९४ लाख, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा २९ करोड ८५ लाख अनुमानित विनियोजन गरिएको छ ।

तस्वीरः IT शेरबहादुर सिजापति

हेर्नुहोस् नीति तथा कार्यक्रम

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [566.93 KB]

 


Thali Mobile Pvt.Ltd.