भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

काठमाडौं महानगरपालिकाद्वारा शिक्षा क्षेत्रमा सबै भन्दा धेरै ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन

काठमाडौं महानगरपालिकाद्वारा शिक्षा क्षेत्रमा सबै भन्दा धेरै ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन

काठमाडौं । २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षको लागि काठमाडौं महानगरपालिकाले ल्याएको छ । नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले आइतबार प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ । वडाबाट प्राप्त योजनालाई प्राथमिकताप्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजना गरिएको छ महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.