भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

आठबीस नगरपालिका मेयर बडुवाल नेतृत्वको प्रतिनिधिमण्डल र अर्थमन्त्री शर्माबीच भेटवार्ता

आठबीस नगरपालिका मेयर बडुवाल नेतृत्वको प्रतिनिधिमण्डल  र अर्थमन्त्री शर्माबीच भेटवार्ता

काठमाण्डौं । आठबीस नगरपालिका राकमकर्णाली दैलेखका मेयर तर्कबहादुर बडुवाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग भेटवार्ता सम्पन्न गरेको छ ।

अर्थमन्त्रालयमा भएको भेटमा मेयर तर्कबहादुर बडुवालले भर्खरै प्रस्तुत आर्थिक बर्ष २०७९, ०८० को बजेटले नेपालको बिकासमा महत्व राख्ने क्षेत्रहरु पुनःर्निमाण, पूर्वाधार बिकास, महिला सशक्तिकरण, उद्यमशिलता बिकास आदिलाई समायोजन गरी आर्थिक वृद्धिदरको प्रक्षेपण गर्न उत्साहजनक कार्य भएको वताउँदै अर्थ मन्त्रीलाई बधाई दिए ।

सफल कार्यकालको शुभकामना दिदै बडुवालले आठबीस नगरपालिकाका समस्या समाधानमा विशेष पहल गर्न आग्रह गरे । यस्तै भेटका क्रममा उप प्रमुख कल्पना थापाले झण्डै नौ करोडको बजेट मिलान गरिदिन आग्रह गरिन् ।

गत आवमा आठबीस नगरपालिकामा सञ्चालित योजनाहरुको कार्य सम्पन्न भएको र उक्त योजनाहरुको भुक्तानी दिन सिस्टम बन्द भएका कारण समस्या भएकाले शसर्त अनुदानको बजेट परिचालन गरिएको र यो वर्ष उक्त बजेट घाटा पूर्ति गर्न अर्थमन्त्रालयसंग विशेष पहल र समन्वय गरिदिन लेखा अधिकृत दोर्णदेव वनले आग्रह गरे ।

यो समस्या आठबीस लगायत अन्य केही पालिकाको भएकाले यसमा पहल गरिने अर्थमन्त्री जनार्दन शर्माले प्रतिवद्धता जनाए । सो अवसरमा नगरको प्रतिनिधि मण्डलले आवश्यक बजेटको बिनियोजन गरिदिन समेत अनुरोध गरेको थियो ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.