भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

मिथिलामा चाडबाडको रौनक

मिथिलामा चाडबाडको रौनक

महोत्तरी, । साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी मिथिलाका नारी ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरुमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पु¥याइन्छ ।

अघि त्रेता युगमा ससुराल आउनुभएका भगवान् रामलाई जनकपुरधाममा सोही समयमा ठाउँठाउँमा झुला खेलाइएको सम्झनामा यो परम्परा चलेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । यस पर्वका अवसरमा मिथिलाक्षेत्रका सबैजसो मठमन्दिरमा अहिले झुलनोत्सव समारोह आयोजन गरिएका छन् । प्रत्येक साँझ रामसीताका प्रतिमा झुलाघर उत्सवका लागि झुला राखिएको खास कोठा या घर मा पु¥याइएपछि सन्त, महन्थ र सर्वसाधारणले रामसीताका महिमा गान गाउँदै पालैपालो रामसीताका प्रतिमा राखिएका झुला झुलाउँछन् । यसै अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठसँगैको ‘झुलाघर’ उत्सवमय बनेको छ । महोत्तरी र आसपासका मठमन्दिरबाट रामसीताका प्रतिमा यही ‘झुलाघर’ मा ल्याइएका छन् ।

महोत्सवमा सन्त र महन्थहरुको जमघटले आफ्नो नगर अहिले उत्सवमय बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । महोत्सवभर प्रत्येक साँझ प्रारम्भ हुने झुलनोत्सव मध्यरातसम्म जारी रहन्छ । यस क्रममा रामायण पाठ गर्ने, रामलीला मञ्चन गर्ने परम्परा छ । झुलनोत्सवका लागि प्राचीन मिथिला क्षेत्रका भारतको विहार राज्यको तिरहुतसम्मका सन्त रमहन्थ जम्मा भएका छन् । मठमन्दिरमा सिंहासन निर्माण गरी भगवान् रामसीताको प्रतिमा राखेर झुलाइने गरिएको हुँदा यो पर्वलाई झुलनोत्सव भन्ने गरिएको हो । झुलनोत्सवसँगै मिथिलामा साउन शुक्ल पञ्चमीका दिन ‘लगपाँच’ पर्व मनाइन्छ । नाग देवताको पूजाआराधना गरिने यो पर्वको प्रभावले सर्प आदिको भय नहुने जनविश्वास गरिन्छ ।

त्यसरी नै साउन शुक्लपक्ष प्रारम्भसँगै मिथिलामा राखी रक्षाबन्धन पर्वको रौनक बढ्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीय सम्बन्धको प्रतीक मानिने साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ को रमझम र पूर्वतयारी साउन शुक्लपक्षको प्रारम्भसँगै सुरु हुन्छ । मिथिलामा आयोजन गरिने महोत्सव, शुभकार्य र सबै कर्मकाण्डीय अनुष्ठान मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा निर्णय गरिन्छ । दुवै प्रचलित पञ्चाङ्गमा वर्षको पहिलो महिनाको गणना साउन शुक्लपक्षसँगै प्रारम्भ हुन्छ । वर्षको प्रारम्भ नै साउन शुक्लपक्षबाट सुरु हुने भएको हुँदा सबै चाडबाडको प्रारम्भ साउनदेखि नै हुने मान्यता मिथिलामा स्थापित भएको बर्दिबास–२ का पण्डित प. महेशकुमार झाको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.