भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जेलमा हिंसा भड्किदा १३ जनाको मृत्यु

जेलमा हिंसा भड्किदा १३ जनाको मृत्यु

एजेन्सी । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका छन् । सान्तो डोमिंगो सहरको कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको संचारमाध्यमले जनाएका छन् ।

बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको अधिकारीले जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेव्रुवरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएको लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.