दैलेख । शम्भु जाउला साताला / कर्णाली प्रदेशको दैलेखका विभिन्न स्थानीय तहमा जंगली जनावरले आतंक मच्चाएका छन् । विगतका वर्षमा जस्तै अधिकाँश ठाउँमा जनावरले आतंक मच्चाएका हुन । दिनमा बाँदर, रातिको समयमा बँदेल, दुम्सीलगायत जंली जनावरले अन्नबाली र तरकारी नष्ट गरिदिदा किसान आतंकित भएका छन् ।
जंगली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको सातालाका श्याम जाउलाले बताए । उनले भने, रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति र्पुयाएको छ ।’ जंगली जनावर धपाउन रातभर मकैबारीमै बस्ने गरेकाे आठबीस नगरपालिका वडा नं. १ का स्थानीयले बताए । जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको हाे । जंगली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको स्थानीयको भनाई छ ।
मकैबाली जोगाउनकै लागि बाजागाजा बजाउने गरेको उनीहरुको भनाई छ । विभिन्न रोग कीराबाट बचाएर भित्राउनै लागेको मकैबाली जंगली जनावरले नष्ट गर्ने गरेको उनीहरुको साइखाेलाका पदम शाहीले बताए । किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि आठबीसका किसान चिन्तित बनेका छन् ।
यस्तै आ नगरपालिका–९ का बाँसुल्ले, सुकाने, चेप्टीकाध, पसेकालगायतका ठाउँमा आलु, मकैलगायतका बाली जंगली जनावरले नष्ट गर्ने गरेकाे देब बहादुर विकले बताए । वडा नं. ५ का पिपलकोट तीर आलु, मकैबारीमा पनि जंगली बँदेलले सखाप पारेको किसानले बताएका छन् । मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको यहाँका किसानले बताए ।
अन्नबाली र तरकारीमा जंगली जनावरले वर्षेनी क्षति पुर्याउँदै आएको भए पनि स्थानीय तहले कुनै पहल नगरेको किसानको गुनासो छ । जंगली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा किसानको मागलाई वेवास्ता गरेको दावी किसानको छ । कोरोना भाइसरको त्रास एकातीर छ भने यहि त्रासका बीच सलह कीराले अन्नबालीनष्ट गरेको कुरा सेलाउन नपाउदै फेरी बँदेल, दुम्सी, लगायतका जंगली जनावर तथा कागलगायतका पंक्षीले अन्नबाली खाइदिँदा किसानलाई भोकमरी हुने हो कि भन्ने चिन्ताले सताएको छ ।
राहत पाउँदैनन् किसान
प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको यस क्षेत्रका किसानकाे जिकिर छ । खास गरेर बर्खेबालीमा जंगली बँदेल, दुम्सी, बाँदर लगायत जनावरले क्षति पुर्याएकाे उनीहरूकाे भनाइ छ । स्थानीय सरकारले बालीनाली जोगाउन कुनै पनि किसिमको योजना नल्याएको भन्दै कृषिको नारा मात्र ल्याएको दावी किसानको छ ।
किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत स्थानीय सरकारले केही राहत नदिएको जाक्सी, आसारा, डाव, रामघाटक्षेत्रका किसानकाे गुनासो छ । वर्षातले कतै बाढी, कतै पहिराे गएर धानबाली समेत नष्ट गरिदिएकाे छ । अधिकाँश ठाउँमा अव्यवस्थित डाेजर चलाएर राेड खन्दा ठूलाे क्षेती किसानले व्यहाेर्नु परेकाे छ ।
बालीनालीमा क्षति हुने गरेको भए पनि कतैबाट क्षति पाउन नसकेको उनीहरुको भनाइ छ । मकैबाली र तरकारी तथा फलफुलको पकेट क्षेत्रकै रुपमा परिचित यहाँ उत्पादन वृद्धि र प्रशोधनका लागि कुनैपनि कार्यक्रम सञ्चालन गरिएका छैनन् । मकै, आलु, दाल, अलैची जोनकै रुपमा भएपनि किसानले उचित र गुणस्तरीय बीउविजन पाउन सकेका छैनन् । सिमित तथा पहुँचवालाले मात्रै नगरबाट पाउने सेवा सुविधा पाएको गुनासो सुन्न पाईन्छ यहाँ । यस्ता विभिन्न समस्याहरुमा स्थानीय सरकारले ध्यान केन्द्रित गरेर भोकमारी आउन नदिन किसान मुखि कार्यक्रम ल्याएर नगरसरकार अघि बढ्नु पर्ने किसानकाे भनाइ छ ।
