भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आठविस नगरपालिका राकम कर्णालीमा स्याटलाइट अस्पताल स्थापना गरिने

आठविस नगरपालिका राकम कर्णालीमा स्याटलाइट अस्पताल स्थापना गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । दैलेखको आठविस नगरपालिका राकम कर्णालीमा स्याटलाइट अस्पताल स्थापना गरिने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी १०० शैयाको स्याटालाईट अस्पताल स्थापना गरिने भएको हो ।

राकममा स्याटालाईट अस्पताल स्थापना तथा सञ्चालन गर्ने घोषणा गरेसंगै दैलेखबासी खुसी भएका छन् । दैलेखकै पञ्चकोशी क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यकरण र महावुमा जलवायु अनुकुल खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

कर्णाली प्रदेशका दश वटै जिल्लामा लिप्ट सिँचाइ सुविधा पुर्‍याउन ‘कर्णाली एकीकृत कर्णाली सिँचाइ आयोजना’ सञ्चालन गर्ने र अर्गानिक उत्पादन कोदो, फापर, जौ लगायतका बस्तुको खरिद गर्ने घोषणा गरेको छ । महिलाहरूका लागि बढी लाभदायी मानिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

बजेटमा घोषणा गरिएका आयोजना मध्ये प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै आयोजनाहरू समेटिएका छन् । सुर्खेतमा औषधि परीक्षण प्रयोगशालाको स्थापना, भेरीगंगाको छिन्चुमा निर्माणाधीन सरुवा रोग अस्पताल, सुर्खेत मेडिकल कलेज स्थापनाको कामलाई अगाडि बढाउने, पञ्चपुरीमा जलवायु अनुकुल खानेपानी आयोजना,

भेरी पम्पिङ आयोजना सञ्चालन, मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डको निर्माण गर्ने र राता नाङलाको राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । भेरी बबई बहुउद्देश्य आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनायोजना गरेको छ । आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट विनियोजन गरिएको हो ।

आयोजनाबाट बाँकी र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने छ । यसैगरी सुर्खेतमा नमूना आवाशिय सामुदायिक विद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा पूर्ण सञ्चालनको प्रक्रिया अगाडि बढाउने र भेरीगंगा उपत्यकाको शहरी विकासका लागि गुरुयोजना निर्माण जस्ता आयोजनाहरू समेटिएका छन् ।

दैलेखका तीन वटा महत्वपूर्ण आयोजनाहरू समेटिएका छन् । जसमध्ये पेट्रोलिय पदार्थको उत्खननको सबैभन्दा ठूलो आयोजना हो । सरकारले पेट्रोलियम पदार्थ उत्खनन्को बाँकी काम अगाडि बढाउन बजेट विनियोजन गरेको छ ।

यस्तै जुम्लामा विमानस्थलको स्तरोन्नति र मार्सी चामलको बान्डिङ महत्पूर्ण आयोजनाहरू हुन् । सरकारले मार्सी ब्रान्डिङ मात्र नभएर मार्सी धान खरिद समेत गर्ने घोषणा गरेको छ । यस्तै जुम्लाको चर्चित धार्मिक पर्यटकीय स्थल चन्दननाथको विकासका लागि बजेट बिनियोजन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.