काठमाडौं । बुधबार नेपालमा ७ हजार ९ सय ८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार ६४ जना सङ्क्रमित थपिएको र एन्टीजेन परीक्षणमा १०९ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
