भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

आधा दर्जन भन्दा बढी विषयमा राष्ट्रपतिको चासो

आधा दर्जन भन्दा बढी विषयमा राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेलले आधा दर्जन भन्दा बढी विषयमा चासो वक्त गरेका छन् । मंगलबार शीतल निवासमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले आधा दर्जन भन्दा बढी विषयमा चासो व्यक्त गरेका हुन । राष्ट्रपतिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै यसप्रति पनि चासो देखाएका हुन ।

उनले सुरुमै आफूले कुनै राजनीतिक सक्रियता नदेखाएको भन्दै बरु आफूमा रहेको राष्ट्र र राष्ट्रियताप्रतिको चासो र चिन्ताका कारण छलफलका लागि सबैलाई बोलाएको जानकारी दिए । संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ ।

संविधानमा रहेको जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको राष्ट्रपतिको भनाई थियो । नेपाललाई प्रिग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति देशका लागि अर्को चिन्ताको विषय भएको राष्ट्रपतिले बैठकमा बताए ।

देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने राष्ट्रपतिले चिन्ता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.