भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

लामखुट्टे नियन्त्रणका लागि काठमाडौं महानगरले बायो लार्भिसिद नामको जैविक विषादी छर्कने

लामखुट्टे नियन्त्रणका लागि काठमाडौं महानगरले बायो लार्भिसिद नामको जैविक विषादी छर्कने

काठमाडौं । जैविक विषादी लामखुट्टे नियन्त्रणका लागि छर्किने अभियान काठमाडौंमा महानगरले थाल्ने भएको छ । डेंगी संक्रमण तीब्र भएपछि महानगरपालिकाले विषादी छर्किने अभियान सुरु गर्न लागेको हो । लामखुट्टेको टोकाईबाट काठमाडौंमा डेंगी संक्रमण फैलिन थालेपछि उक्त अभियानको थालनी महानरले गर्न लागेको मेयर बालेन शाहले जानकारी दिएका हुन ।

विषादीले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी पनि समेत मेयर शाहको छ । मेयर शाहले मंगलबार सामाजिक संजाल मार्फत लामखुट्टेको लार्भा नस्ट गर्न बायो लार्भिसिद नामको जैविक विषादी छर्न लागेको र यो खालको विषादी पहिलो पटक छर्किन लागेको जानकारी दिएका हुन ।

महानगरपाकिाले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० को ब्यवस्था गरिएको भन्दै उक्त सेवा २४ सै घण्टा सञ्चालनमा रहने पनि मेयर शाहले बताएका छन् । विरामी भई अस्पताल नै जानु पर्ने अवस्थामा १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

जैविक विषादीले लामखुट्टेको लार्भाको पेटमा विष उत्पन्न गर्ने र त्यसको पाचन प्रक्रिया नष्ट भई मर्ने समेत उनको भनाइ छ । यसले डेंगी, फिलारिया, औलो जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने उनको दाबी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.