आन्तरिक उडानमा ६ प्रतिशतले भाडादर बृद्धि, नेपालमा पनि स्वचालित मूल्य प्रणाली लागू

आन्तरिक उडानमा ६ प्रतिशतले भाडादर बृद्धि, नेपालमा पनि स्वचालित मूल्य प्रणाली लागू

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि स्वचालित प्रणाली लागु गरेको छ । सम्पूर्ण बक्यौता रकम भारतीय आयल कर्पोरेसन (आईओसीलाई) चुक्ता गरेसँगै निगमले स्वचालित प्रणाली लागू गरेको हो । आईओसीलाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले मूल्य घटाएको थिएन भने आईओसीले पठाएको मूल्यसूचीअनुसार नै नेपालमा इन्धनको मूल्य घटबढ हुने निगमले जनाएको छ ।

अ‍ेपाल आयल निगमले एलपी ग्यासमा नाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २ दशमलव ५ प्रतिशत नाफा राख्ने निर्णय समेत गरेको छ । निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपियाँ मुनाफा राखेको थियो भने प्रतिलिटर ६ रूपियाँ र डिजेलमा प्रतिलिटर ४ रूपियाँ मूल्य घटाएको जनाएको छ। आर्थिक वर्ष २०८०÷८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि भाडा बढेको छ ।

हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशतभ्याटमध्ये ६ प्रतिशतमात्रै जोड्ने भएका हुन् । यसअघि वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएका छन् ।

आइतबार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाइ सकेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ । आईओसीले प्रत्येक १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

यो संगै वायुसेवा कम्पनीहरूले सोमबारबाट लागू हुने गरी आन्तरिक उडानमा ६ प्रतिशतले भाडादर बढाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा सञ्चालक संघले भाडावृद्धि हुने जानकारी दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.