भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

आयोजनास्थल पुगेर जंगिए कुलमान

आयोजनास्थल पुगेर जंगिए कुलमान

काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले निरिक्षण गरेको छ ।

प्राय शनिबार र अन्य सार्वजनिक विदाका दिन उनी निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किने गर्दछन् । सोही क्रममा कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके शनिबार आयोजना स्थल पुगेका हुन ।

उपत्यकाको विद्युत माग र आपूर्तिको व्यवस्था ४ महिनादेखि ठप्प रहेपछि घिसिङ आयोजनास्थल पुगेको बताइएको छ । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरण डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने छ ।

आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिए ।

आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे जानकारी लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.