भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयोजनास्थल पुगेर जंगिए कुलमान

आयोजनास्थल पुगेर जंगिए कुलमान

काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले निरिक्षण गरेको छ ।

प्राय शनिबार र अन्य सार्वजनिक विदाका दिन उनी निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किने गर्दछन् । सोही क्रममा कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके शनिबार आयोजना स्थल पुगेका हुन ।

उपत्यकाको विद्युत माग र आपूर्तिको व्यवस्था ४ महिनादेखि ठप्प रहेपछि घिसिङ आयोजनास्थल पुगेको बताइएको छ । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरण डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने छ ।

आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिए ।

आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे जानकारी लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.