भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

एकल महिलाको हत्या आरोपमा ३ जना थुनामा

एकल महिलाको हत्या आरोपमा ३ जना थुनामा

धरान । समूहमा आएर एकल महिला उषा राईलाई कुटपिटपछि हत्या मुद्दामा ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आरोपित एक जना धरौटीमा छुटेपनि सुनसरी जिल्ला अदालतले ३ जनाई थुन्न आदेश दिएको हो । न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए ।

आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राई फरार छन् । मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर कात्तिक ३ गते उषा राईलाई कुटेकी थिइन् ।

कुटपिटबाट घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.