भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला पूर्वाग्रहीः सांसद पार्वती विसुंखे

आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला पूर्वाग्रहीः सांसद पार्वती विसुंखे

काठमाडौं । आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला पूर्वाग्रही र संविधानविरोधी भएको सांसद पार्वतीकुमारी विसुंखेले बताएकी छन् । तिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले उक्त फैसला सनकको भरमा गरिएको आरोप लगाइन् ।

विसुंखेले भनिन्, ‘तरमारालाई होइन, सम्बन्धित वर्गलाई आवश्यकताका आधारमा आरक्षण दिनुपर्ने भनी सम्मानित सर्वोच्च अदालतले जुन फैसला गरेको छ त्यो नितान्त पूर्वाग्रही र संवैधानिक व्यवस्थाको खिलापमा छ।’

समावेशी ऐन संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै ‘संविधानको धारा १८, ३८ र ४२ मा प्रस्ट व्यवस्था गरिएको छ कि आरक्षण कसका लागि र केका लागि ? भनेर ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

माथि उल्लेखित धारालाई नै अपव्याख्या गरी समानताविरोधी मानसिकता बोकेका सनकदारहरूको बहसीबाट सर्वोच्च अदालतले सरकारलाई जुन आदेश गरेको छ यो आपत्तिजनक छ ।

व्यक्तिको सनकका भरमा न्यायालयलाई जोडिनुहुँदैन । संविधानको अपव्याख्या गरिनुहुँदैन । अविलम्ब समावेशी ऐन जनमुखी संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गर्दछु ।’ पार्वती विसुंखे भनिन् ।

 


Thali Mobile Pvt.Ltd.