इच्छुक क्लवहरुलाइ नाम टिपाउन अनुरोध

इच्छुक क्लवहरुलाइ नाम टिपाउन अनुरोध

३० असार २०७७ काठमाडाैं । लायन्स क्लव इन्टरनेश्नल डिस्ट्रिक ३२५ ए २ ( Lions Club International District 325A2) अन्तर्गतका २० वटा क्लवको संयुक्त आयोजनामा रक्तदान ( Blood Donations) कार्यक्रम हुने भएकोले नाम टिपाउन आग्रह गरिएको छ ।

कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा साउन ३ गते शनिबार बिहान ८ : ०० बजे देखि ११ : ०० बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जानकारी दिएको हो । सो कार्यक्रममा आ(आफ्नो क्लवका रक्तदान गर्न इच्छुकलाइ समयमा नै जानकारी दिन अनुरोध गरेको छ ।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न कार्यक्रम संयोजक इन्द्र बहादुर कार्की, रिजन चेयर पर्सन, डिस्ट्रिक ३२५ ए२, नेपाल सह-संयोजक, जयन्ति अधिकारी महरा अध्यक्षले सहयोगका लागि र सहभागिताका लागि हार्दिक अपिल गरेका हुन ।

साथै लायन्स क्लब अफ काठमाडौं ओपेरा सिटिले असार २७ गते विभिन्न क्लवको सहभागितामा ब्रुकलिन कलेज सुकेधारा हुदै काठमाडौंका बिभिन्न स्कुल तथा कलेजमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर डा. सुशिला मल्लको सहभागिता रहेको थियो ।

 लायन्स वर्ष २०२०र२०२१ को सातौं दिनको कार्यक्रम गोठाटार-८ वालुवाखानीमा रहेको राष्ट्रिय गौ उधानमा खानेपानी टैंकी वितरण गरेर लायन्स सप्ताह सम्पन्न गरेको छ । ११ वटा क्लव मिलेर बालकुमारी सुकम्वासी वस्तीमा खाद्यान्न वितरण गरेर नयाँ कार्यकालको शुभारम्भ गरेको क्लवले २५ वटा विपन्न परिवारलाई सहयोग गरेको थियो । कार्यक्रममा डिस्ट्रिक गर्भनर डा. शुसिला मल्ल, फस्ट भाईस डिस्ट्रिक गर्भनर केशव पाण्डे, सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर दिनेश श्रेष्ठ, पास्ट डिस्ट्रिक गर्भनर बिजु बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।

क्लवले कोटेश्वर मन्दिरको सरसफाई गरेर दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको जनाएको छ । त्यसैगरी लायन्स क्लव अफ काठमाडौं ओपेरा सिटिका अध्यक्ष लायन जयन्ती अधिकारीको जन्म दिनको अवसरमा उज्यालो नेपाल बालगृहका बालबालिकाको साथमा हंगर रिलिफ प्रोग्राम सम्पन्न गरेको छ ।

त्यस्तै विभिन्न क्लवको सहकार्यमा लायन्स क्लव अफ काठमाडौं ओपेरा सिटिले वृक्षारोपणसंगै अन्य समाजसेवाका कार्यक्रम गरिरहेको क्लवका अध्यक्ष जयन्ती अधिकारीले बताइन् । समाज सेवा गर्न पाउदा अत्यन्तै खुसी हुने भन्दै अधिकारीले यो अवसरमा साथ र सहयोग गर्ने सवैलाई धन्यवाद दिइन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.