दीपाश्रीलाई गाली नगर्न महानायक राजेश हमालले गरे फ्यानहरूलाइ अनुराेध

दीपाश्रीलाई गाली नगर्न महानायक राजेश हमालले गरे फ्यानहरूलाइ अनुराेध

२०७७ असार ३१ । महानायक राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई गाली नगर्न आग्रह गरेका छन् । ‘महानायक’ को विषयमा उनले गरेकाे विवाद स्राेत तथा दर्शकलाइ मन नपरेका कारणा गाली गर्नु स्वभाविक भएकाे तर अव उनले गल्ती नै गरेकाे महशुस मात्रै हाेइन माफि नै मागि सकेकाले अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपालाई गाली नगर्न  आग्रह गरेका हुन ।

आफ्ना सर्मथकहरु र दर्शकहरुलाई अभिनेत्री तथा निर्देशक दीपाश्रीलाई माफी दिन अनुराेध गर्दै महानायक हमालले विवाद साम्य पार्न यस्ताे प्रतिक्रिया दिएका हुन । केही समयअघि दीपाश्रीले राजेश हमाललाई दिइएको महानायक उपाधिमा प्रश्न उठाएकी थिइन् ।

त्यसपछि दीपाश्रीको चर्को विरोध गर्दै गाली गलाेजमा उत्रिएका थिए स्वयम दिपाका फ्यानहरू पनि । व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफूले गल्ती गरेकाे बताएकि थिइन् । दीपाश्रीले माफी माग्दा पनि गाली नरोकिए पछि राजेश हमालले उनलाइ माफि दिन सबैमा अनुराेध गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.