काठमाडौं । इजरायलमा अलपत्र परेका थप १८ नेपालीको उद्धार भएको छ । भारत सरकारको सहयोगमा उनीहरु दिल्ली आइपुगेका छन् ।
आज बिहान दिल्ली पुगेपछि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरे । इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले नेपालीलाई ल्याइदिएको उनको भनाइ छ ।
राजदूत डा. शर्माले उद्धार गरि ल्याइएका नेपालीलाई अहिले नेपाल पठाउन गाडीको व्यवस्था मिलाइएको बताए ।