भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

समयमा हिमपात हुँदा हिउँदे बालीलाई फाइदा पुग्ने

समयमा हिमपात हुँदा हिउँदे बालीलाई फाइदा पुग्ने

काठमाण्डौ । मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् ।

बुधबार पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण वर्षासँगै हिमपात हुन थालेको मौसमविद्ले जनाएका हुन । पानी परेका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने भएकाले समस्या नहुने देखिन्छ । गत वर्ष ढिलो गरी हिमपात हुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो ।

यसवर्ष चाँडो हिमपात भएकाले हिउँदेबालीलाई फाइदा हुने अपेक्षा गरिएको छ । समयमा हिमपात हुँदा किसान भने दंग परेका छन् । समयमा नै हिमपात हुँदा बालीनालीलाई फाइदा पुग्ने र उत्पादन बढ्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.