भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपतिले कैद मिनाहा गरिदिएका लोकबहादुरले होटलमा लिएर गरे एक महिलाको हत्या

राष्ट्रपतिले कैद मिनाहा गरिदिएका लोकबहादुरले होटलमा लिएर गरे एक महिलाको हत्या

रुकुम । सानीभेरी गाउँपालिका –९ सिम्ली बस्ने ३३ बर्षिय लोकबहादुर बिकलाई प्रहरीले हत्या आरोपमा मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ । मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले बताए ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरिएको हो । सदरमुकाम खलङगाको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मृतकको घाँटि रेटेर हत्या गरिएको अवस्थामा भेटिएकी डिएसपी भट्टराईले बताए ।

मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको, आर्थिक लेनदेनको बिषयमा विवाद भएको र त्यसपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।

प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगद ८५ हजार ८ सय ३५ रुपियाँ बरामद गरेको छ । आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए ।

नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेर उनीहरुले कोठा बुक गरेको भेटिएको छ । गलत विवरण पेश गरेर बसेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गरायो । बहुबिवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोक बहादुर असोज ३ गते संविधान दिवसका दिन कैद मिनाहा पाएर कैदमुक्त भएका थिए ।

आरोपी बिक बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मृतकको सासुआमा उजेली कामीले किटानी जाहेरी दिएकी छन् । पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.