भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

नयाँ नेतृत्वका लागि आज एनआरएनएको निर्वाचन, कस्ले मार्ला बाजी ?

नयाँ नेतृत्वका लागि आज एनआरएनएको निर्वाचन, कस्ले मार्ला बाजी ?

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

विदेशमा रहेका प्रतिनिधिले भने अनलाइन भोटिङ गरिरहेका छन् । अनलाइन भोटिङ्ग चौबीसै घण्टा तोकिएको निर्वाचन समितिले जनाएको छ । एनआरएनएको अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्ने छ । ७४ पदका लागि एक सय २० जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.