भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

राष्ट्रिय महिला लिग फुटबलः दोस्रो चरणको खेलहरु आजबाट सुरू हुँदै

राष्ट्रिय महिला लिग फुटबलः दोस्रो चरणको खेलहरु आजबाट सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत दोस्रो चरणको खेलहरु आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुँदैछ । आजबाट हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्दैछन् ।यी दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ । यसरी आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।

दोस्रो स्थान रहेको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ भने जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौंथो स्थानमा रहेको छ ।

वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.