भर्खरै : Sorry, your browser does not support inline SVG.

इन्द्रजात्रा पुगे राष्ट्रपति

इन्द्रजात्रा पुगे राष्ट्रपति

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव हनुमानढोका पुगेका छन् ।

बिहीबार बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरमा रथयात्रा हेर्न पुगेका हुन ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुख सहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गरेका छन् ।

रथयात्रा सकिएपछि इन्द्र देवताकी आमा सँगसँगै वर्षभरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने परम्परा छ ।

सोही परम्पराअनुसार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव हनुमानढोका पुगेको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.