भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

इन्धनको मूल्यमा भारी वृद्धिसंगै हवाई भाडा व्यापक वृद्धि

इन्धनको मूल्यमा भारी वृद्धिसंगै हवाई भाडा व्यापक वृद्धि

काठमाण्डौ । पेट्रोलिएम पदार्थको मूल्यबृद्धिसंगै नेपालमा महंगीले आकाश छुन थालेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा वृद्धि गरेका छन् ।
वायु सेवा सञ्चालक सङ्घले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाण्डौ–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउने उल्लेख गरेको छ ।
सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ । भरतपुर पुग्न ४ हजार ९ सय ३५ रुपैयाँ तोकेको छ । यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् ।

 


Thali Mobile Pvt.Ltd.