भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश

इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश

एजेन्सी । इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ । वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो । जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ ।

इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ, जहाँ उसले सेनेगलको सामना गर्नेछ । त्यस्तै इरानलाई १ ० ले हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ । ३८औं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिकले गोल गरेका हुन् । क्रिष्टियन पुलिसिकले अमेरिकाका लागि महत्वपूर्ण गोल गरेपछि नेटमा ठोक्किएर भूईमा लडेका थिए । पुलिसिकलाई केही समय मैदानबाट हटाइयो तर उनी तुरुन्तै फर्केका थिए ।

उनी क्याप्टेन अमेरिकाको रूपमा चिनिन्छन् भने अमेरिकाको स्टार खेलाडीहरू मध्ये एक हुन् । अफसाइड भएका कारण अमेरिकाका टिमोथी वेहले गरेको गोल अस्वीकार गरिएको थियो । अमेरिकाका टिमोथी वेहले हाफ टाइमभन्दा केही समय अगाडि गरेको गोल अस्वीकार गरिएको थियो । किनभने रेफ्रीले उनी अफसाइड भएको बताएका थिए । अमेरिकाले शनिबार नेदरल्याण्डको सामना गर्नेछ। इरान विश्वकपबाट बाहिरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.