भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश

इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश

एजेन्सी । इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ । वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो । जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ ।

इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ, जहाँ उसले सेनेगलको सामना गर्नेछ । त्यस्तै इरानलाई १ ० ले हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ । ३८औं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिकले गोल गरेका हुन् । क्रिष्टियन पुलिसिकले अमेरिकाका लागि महत्वपूर्ण गोल गरेपछि नेटमा ठोक्किएर भूईमा लडेका थिए । पुलिसिकलाई केही समय मैदानबाट हटाइयो तर उनी तुरुन्तै फर्केका थिए ।

उनी क्याप्टेन अमेरिकाको रूपमा चिनिन्छन् भने अमेरिकाको स्टार खेलाडीहरू मध्ये एक हुन् । अफसाइड भएका कारण अमेरिकाका टिमोथी वेहले गरेको गोल अस्वीकार गरिएको थियो । अमेरिकाका टिमोथी वेहले हाफ टाइमभन्दा केही समय अगाडि गरेको गोल अस्वीकार गरिएको थियो । किनभने रेफ्रीले उनी अफसाइड भएको बताएका थिए । अमेरिकाले शनिबार नेदरल्याण्डको सामना गर्नेछ। इरान विश्वकपबाट बाहिरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.