भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मूला बेच्ने आमा, जसले कमाउँछन् एक महिनामा पच्चिस लाख (भिडियोसहित)

मूला बेच्ने आमा, जसले कमाउँछन् एक महिनामा पच्चिस लाख (भिडियोसहित)

भक्तपुर । नुवाकोट रानीपौवाका किसानहरुले मूला खेतीबाट मन्य आम्दानी गरेका छन् । आईरन र कार्बोहाईड्रेड अधिकतम पाईने मूला विशेषगरी मानव शरीरका लागि बढी फाईदाजन भएकाले यहाँका किसानहरु मूला खेतीमा आकर्षित मात्रै भएनन्, मनग्य आम्दानीसमेत गर्न थालेका हुन । नुवाकोटमा मिनअर्ली, ह्वाईटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु बढी उत्पादन हुने गरेको किसानहरूले बताए ।

नुवाकोटका विभिन्न स्थानमा मूलाको व्यवसायिक खेती गरिएकाे उनीहरूकाे भनाइ छ । यहाँको मूला खरिद गरेर काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा विक्रि गरी यसबाट करिब १, डेढ करोडसम्म आम्दानी गर्ने गरेकाे व्यापारि बताउँ छन् । परम्परागत रूपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित गरिने मूला खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज हुने भएकोले यसतर्फ लागेको स्थानीय कृषक बताए ।

गाउँ गाउँमा गएर मूला ल्याइ विक्रि गर्ने व्यापारिले मनग्य आमदानी गर्न पाएको रानीपौवाली एक व्यापारिले बताइन् । उनले भक्तपुरमा ल्याएर विक्रि गर्ने गरेको र मूला विक्रिबाट २५ लाखसम्म आम्दानी गरेकाे उनकाे भनाइ छ । जिल्लामा उत्पादन भएका मूला सदरमुकामलगाएत देशका विभिन्न ठाउँमा विक्रि हुने गरेकाे छ ।

हेर्नुहोस् भिडियो…

 


Thali Mobile Pvt.Ltd.